क्रान्तिमा हराएका सपनाहरू
वि. स. २०५२ सालको सुरूवातसँगै नेपालमा युद्धको बादल मडारी रहेको थियो । गाउँ-गाउँमा अराजकता, त्रास, र अनिश्चितताले जरा गाड्न थाल्यो। दाङ जिल्लाको एउटा सानो गाउँमा जन्मिएका अर्जुनले कहिल्यै कल्पना गरेका थिएनन् कि उनका शान्तिपूर्ण दिनहरू रक्तरञ्जित संघर्षमा परिणत हुनेछन्। अर्जुन एक सामान्य किसान परिवारका छोरा थिए। उनका बुबा खेती गर्थे, आमा घर सम्हाल्थिन्, र उनी विद्यालय जान्थे। उनी शिक्षक बन्ने सपना देख्थे, तर समयले उनलाई अर्कै यात्रातर्फ धकेल्दै लग्यो। गाउँमा सेना र माओवादीबीच लगातार झडप भइरहेको थियो। माओवादीहरू गाउँमा समाज र देशको परिवर्तन का लागि युवाहरूलाई भर्ती गरिरहेका थिए,उहाँ हरु को क्रान्तिकारी विचार र समाजका लागि सोचेका सकारात्मक तथा रचनात्नक क्रियाकलापहरुले धेरै जसो युवाहरु लाइ माओवादी बनेर देशका लागि केहि गर्न प्ररित गरिरहेको थियो। समाज मा सदियौं देखि जरा गाडेर बसेका कुरीतिहरु लाई माओवादीहरुले उखेलेर फाल्ने संकल्प नै गरेका थिए। तर अर्जुन लाइ यी तमाम कुराहरु भन्दा परिवार कै चिन्ता बढी थियो। उसलाई आफ्नो असहाय बुबाआमा भन्दा कदापि ...