Samajik Katha Nepal

Samajik Katha Nepal is a blog dedicated to sharing real social stories, issues, and experiences from Nepal. We highlight the voices of society, bringing awareness and inspiring change through meaningful storytelling.

Thursday, March 26, 2026

‎लोभले प्रेमलाई अन्धो बनाउँछ, तर सत्य र साहस अन्ततः विजयी हुन्छ।

‎पहाडको काखमा बसेको सानो गाउँ “भीरगाउँ” मा एउटा कठोर र डरलाग्दो परम्परा थियो। गाउँको छेउमा बग्ने ठूलो खोल्साको किनारमा एक भयानक राक्षस बस्थ्यो। धेरै कुरुर र निर्दयी राक्षस जसले प्रत्येक वर्ष गाउँ बाट एक जनाको बली नदिइए पानी सुकाइ दिन्थियो जसका कारण खेतहरु बाँझा हुन्थिए र रोग फैलिन्थे । नचाहेर पनि गाउँ हरु ले एक वर्ष मा एक जना को बलि दिनुपर्ने कठोर परम्परा मन्न बाध्य थिए ।



‎त्यसैले हरेक वर्ष गाउँमा एक परिवारको पालो आउँथ्यो। जसको पालो पर्थ्यो, उसैले आफ्नो परिवारबाट एक जनालाई बलीका लागि पठाउनुपर्थ्यो।

‎त्यही गाउँमा शंकर नामको एक साहसी युवक बस्थ्यो। ऊ सिकार गरेर परिवार चलाउँथ्यो। उसको घरमा आमा–बुवा र उसकी अति प्रिय, अत्यन्तै सुन्दरी श्रीमती बस्थिन्— कुसुम। कुसुमका कपाल यति लामो थिए कि भुइँमा झर्थे।उनी केवल सुन्दरी मात्र नभई, मायालु र कर्तव्यनिष्ठ पनि थिइन्।

‎प्रत्येक साँझ शंकर सिकारबाट फर्किंदा कुसुम घरको ढोकामा पर्खेर बस्थिन्। बाहिर आएर मायालु बनि पानीले शंकरका हात–खुट्टा धोइदिन्थिन् र मुस्कुराउँदै भित्र ल्याएर खाना खुवाउँथिन्। तर यो वर्षको बलीको पालो शंकरको परिवारमा परेको थियो…

र गाउँलेहरूले निर्णय गरेका थिए— यसपटक बलीका लागि कुसुम जानुपर्छ।

त्यो दिन…

‎साँझ पर्न लाग्दा शंकर सिकारबाट फर्कियो। तर आज घर अगाडि कुसुम थिइनन्। ढोका सुनसान थियो। आँगन चिसो थियो।

‎“कुसुम!” शंकरले बोलायो।

‎कुनै उत्तर आएन।

‎ऊ आतिँदै कोठातिर गयो। कोठाभित्र कुसुम भुइँमा बसेर रोइरहेकी थिइन्। आँसुका थोपाहरु उनको लामो कपालमा झर्दै थिए।

‎शंकर झस्कियो र नजिकै बस्यो र भन्यो ...

‎“कुसुम… के भयो?"

‎"किन रोइरहेको तिमी ? केही भयो?”

‎कुसुमले टाउको उठाइन्। उनका आँखाहरु रातो भइसकेका थिए।

‎“शंकर… म अब धेरै दिन हजुरको साथमा बस्न पाउने छैन।”

‎शंकर चकित भयो। “के भन्यौ तिमीले? यस्तो अशुभ कुरा नगर।”

‎कुसुम रोइरहेकी स्वरमा बोलीन्—

‎“यो वर्षको बली मा… हाम्रो परिवारको पालो परेछ। र गाउँलेहरूले… मलाई रोजेका छन्।”

‎कोठाभित्र सन्नाटा छायो। बाहिर हावाको सुस्केरा मात्र सुनिन्थ्यो।

‎शंकर भर्र्याङ् बाट खसे झैं झसङ्ग भयो, उसले काँपेको स्वर मा भन्यो —

‎“होइन! त्यो हुनै सक्दैन। म तिमीलाई कदापि काटिन वा मर्न दिन्न।”

‎कुसुमले आँसु पुछ्दै भनिन्—

‎“यो त गाउँको रीत हो शंकर। यदि म नगएँ भने गाउँमा पानी सुक्छ रे। सबैले मलाई दोष दिनेछन्।”

‎“गाउँको रीत मानिसको जीवनभन्दा ठूलो हुँदैन!” शंकर दृढ स्वरमा बोला।

‎“म तिमी बिना बाँच्न सक्दिन। तिमी मेरो सास हौ, मेरो संसार हौ।”

‎कुसुमले शंकरको हात समातिन्।

‎“तर तिमीले गाउँसँग लड्न सक्दैनौ। त्यो राक्षसले कसैलाई पनि बाँकी राख्दैन भन्ने सुनेको छु।”

‎शंकरको आँखामा आगो झल्कियो।

‎“राक्षस जति ठूलो भए पनि माया र साहसभन्दा ठूलो हुँदैन। यदि आज हामी चुप लाग्यौँ भने यो रीत कहिल्यै अन्त्य हुँदैन।”

‎कुसुम चुप भइन्।

‎“तिमी के गर्न चाहन्छौ?”

‎शंकर केहीबेर सोचेर बोल्यो—

‎“आज राति, जब गाउँ सुत्छ… हामी यहाँबाट भाग्नेछौँ। नयाँ ठाउँमा नयाँ जीवन सुरु गर्नेछौँ। म तिमीलाई बचाउनेछु। चाहे ज्यान नै किन नजाओस्।”

‎कुसुमको आँसु रोकियो। उनले हल्का मुस्कान दिइन्।

‎“साँचै? तिमी मलाई छोड्ने छैनौ?”

‎“कहिल्यै होइन,” शंकरले उनको निधार चुम्दै भन्यो, “म तिम्रो रक्षक हुँ।”

‎त्यो रात गाउँ अँध्यारोमा डुबेको थियो। टाढा खोल्साको किनारबाट कहिलेकाहीँ डर लाग्दो गर्जन सुनिन्थ्यो।

‎शंकरले धनुष र केही आवश्यक सामान बोक्यो । कुसुमले अन्तिमपटक आफ्नो घर हेरिन्— जहाँ उनीहरूको सम्झनाहरू थिए।

‎“तयार छौ?” शंकरले सोध्यो।

‎कुसुमले टाउको हल्लाइन्।

‎“जहाँ तिमी छौ, त्यहीँ मेरो घर हो।”

‎दुवै जना चुपचाप गाउँको सिमाना पार गर्न लागे।

पछाडि छोडिएको थियो— डरलाग्दो रीत, अन्याय, र मृत्युको छायाँ।

‎अगाडि थियो— अज्ञात बाटो, तर आशाले भरिएको भविष्य।

‎रात गहिरिँदै थियो। आकाशमा टल्किरहेका ताराहरू मात्र उनीहरूको यात्राका साक्षी थिए। शंकर र कुसुम जंगलको अँध्यारो बाटो हुँदै नदीको किनारतिर अघि बढिरहेका थिए। उनीहरूलाई थाहा थियो—अब फर्किने बाटो छैन।

‎नदीको बहाव शान्त तर गहिरो थियो। त्यसैको किनारै किनार हिँड्दै उनीहरू अघि बढीरहे । जङ्गल बाक्लिँदै गयो, बाटो झन् निर्जन बन्दै गयो। चराचुरुङ्गीको आवाज मानौं हराए झैं भो, केवल पानीको मधुर धुन सुनिन्थ्यो।

‎केही दिनको कठिन यात्रापछि उनीहरू नदीको अन्तिम छेउमा पुगे—जहाँ विशाल झरना आकाशबाट झरेजस्तो गर्जिँदै तल खसिरहेको थियो। सेता फेनले चट्टानहरू ढाकिएका थिए। झरनाको दायाँपट्टि अग्लो चट्टानमा एउटा सानो गुफा देखिन्थ्यो—मानौँ प्रकृतिले नै गोप्य आश्रय बनाइदिएको जस्तो ।

‎त्यो गुफामा पुग्ने बाटो भने सजिलो थिएन। सिधा चट्टान चढ्न असम्भवजस्तै थियो।

‎शंकरले कुसुमतिर हेरे। कुसुमका कपाल असाधारण रूपमा लामो, कालो र चम्किला थिए।

‎“हामी यहीँ सुरक्षित हुनेछौं,” शंकरले विश्वासका साथ भने।

‎कुसुम गुफाको छेउसम्म चट्टान समाउँदै माथि पुगिन्। त्यसपछि उनले आफ्नो लामो चुल्ठो तल झारिन्। तल उभिएको शंकर त्यो चुल्ठोलाई समातेर बिस्तारै माथि चढे।

‎त्यो गुफा साँच्चै सुरक्षित थियो। झरनाको आवाजले बाहिरका सबै आवाजहरू बोलिन पारिदिन्थ्यो। बाहिरबाट कसैले सजिलै देख्न पनि सक्दैनथ्यो। गुफामा सधैं चिसो हावा बहिरहन्थ्यो, र तल बगिरहेको नदीले उनीहरूको प्यास मेटाइरहन्थ्यो ।

‎दिनहरू शान्त रूपमा बित्न थाले।

‎शंकर जङ्गलतिर शिकार जान्थे, फलफूल टिप्थे, र साँझ परेपछि गुफामा फर्किन्थे। कुसुम आगो बाल्थिन्, खाना पकाउँथिन् र कहिलेकाहीँ झरनाको छेउमा बसेर गीत गुनगुनाउँथिन्।

‎त्यो एकान्त जीवनमा उनीहरूले सानो संसार बसालेका थिए—डरबाट टाढा, मानिसहरूको लोभबाट टाढा ‎तर नियतिले शान्तिलाई धेरै समय टिक्न दिएन।

‎एक दिन बिहान कुसुम झरनाको तलपट्टि नदीमा नुहाउन गइन्। उनको लामो कपाल पानीमा लहरिएर नाचिरहेको थियो। अचानक ती कपालका केही रेशाहरु पानीसँगै बग्न थाले। कुसुमले ध्यानै दिइनन्।

‎ती कपाल नदीको बहावसँगै धेरै टाढा बगे।

‎धेरै तल, नदीको किनारमा एउटा सम्पन्न राज्य थियो। त्यस राज्यका राजा थिए—बलदेव

‎एकदिन बिहान एक माझि नदीमा जाल हालिरहेको थियो। अचानक उसको बल्छीमा केही अड्कियो। उसले तानेर हेर्दा—लामो, असाधारण रूपमा सुन्दर कपालको रेशा देखियो।

‎“यस्तो लामो कपाल…? यो कसको हुन सक्छ?” ऊ अचम्मित भयो।

‎त्यो खबर गाउँभरि फैलियो। अन्ततः त्यो कुरा राजदरबारसम्म पुग्यो। राजा बलदेवले सभा बोलाए।

‎“यो कपाल कसको हो? यस्तो अद्भुत कपाल भएको स्त्री हाम्रो राज्यमा हुनैपर्छ,” उनले घोषणा गरे।

‎तर कसैले उत्तर दिन सकेन।

‎त्यही सभामा एक बुढी महिला थिइन्—जालझेल गर्न जान्ने, चालाक र रहस्यमयी। उनले कपाल नियालेर भनिन्,

‎“महाराज, यो कुनै साधारण स्त्रीको होइन। यो स्त्री यो राज्यमै छैन ।

‎राजाले तुरुन्त घोषणा गरे—

‎“जसले त्यो स्त्रीलाई भेट्टाउँछ, उसलाई ठूलो इनाम दिइनेछ।”

‎बुढी महिला मुस्कुराइन्। उनलाई इनाम मात्र होइन—रहस्य खोल्न लोभ पनि थियो।

‎भोलिपल्टै उनी नदीको किनारै किनार हिँड्न थालिन्। दिनभरि हिँडिन्। जङ्गल बाक्लिँदै गयो, बाटो कठिन बन्दै गयो। तर उनी रोकिइनन्।

‎अन्ततः उनी विशाल झरनासामु पुगिन्। गर्जिँदो पानी, अग्लो चट्टान… र माथि, धुम्म देखिने सानो गुफा।

‎उनका आँखामा चमक आयो।

‎“रहस्य यहीँ छ…” उनले बिस्तारै भनिन्।

‎अन्ततः उनी विशाल झरनासामु पुगिन्। गर्जिँदो पानी, अग्लो चट्टान… र माथि, धुम्म देखिने सानो गुफा।

‎उनका आँखामा चमक आयो।

‎“मैले खोजेको रहस्य यहीँ छ…” उनले बिस्तारै भनिन्।एकछिन विचार गरि उसले मिठो म स्वरमा कराउन थाली,

‎“नानी… ए नानी… नानी !”

‎माथि ओडारमा बसेकी कुसुम झसङ्ग भइन्। धेरै बेरसम्म आवाज आइरहेपछि उनले तल हेरेर सोधिन्,

‎“को हो ?”

‎बुढीले आँसु झार्दै रुञ्चे स्वर मा भनिन्,

‎“म तिम्रो फुपू  हुँ नानी। तिमी लाई भेट्न् आएको ।

‎कुसुम केही अलमलमा परिन्।

‎बुढीले फेरि भनिन्, "तिमी सानै हुँदा म टाढा गएकी थिएँ। अहिले बल्ल भेट्न पाएँ।” र ठुलो स्वर मा रुन थालिन ।

‎कुसुम को मन पग्लियो र माथी आउन भनी कपाल तल झारिन र भनिन " कपाल समायर माथी आउनुहोस्।"

‎कपटी बुढी अब माथी आइन र दुवै कुरा गर्न थाले ।

‎कुसुम ले आफ्नो सबै कुरा उनलाई सुनाइन् ।

‎कपटी बुढी ले कुसुम लाई आफ्नो जाल मा पार्न भनिन्

‎“तिमीलाई यहाँ खतरा छ नानी । तलका राजा बलदेव तिमीलाई सम्मानका साथ रानी बनाउन चाहन्छन्। तिम्रो भाग्य खुल्नेछ।”

‎मीठा शब्द र ठूला सपनाले कुसुमको मन डगमगायो। बुढीले अन्ततः भनिन्,

“ शंकर ले तिमीलाई जङ्गल बाहेक के नै दिन सक्छ र तिमि यति सुन्दर रुप भएकी, तिमी त रानी भएको सुहाउँछ । शंकर ले तिमीलाई कहिल्यै राजमहल जस्तो सुख दिन सक्दैन।”

‎लोभले विवेकलाई जित्न थाल्यो।

‎त्यो साँझ शङ्कर शिकारबाट फर्कियो। कुसुम असामान्य रूपमा चुप थिइन्। उनले खाना पकाइन्। शङ्करले विश्वासका साथ खाए र थकानले खाटमा पल्टिए।

‎निद्रा लाग्ने बित्तिकै कुसुमले आँसु झार्दै रस्सीले उनलाई बाँधिन्। हात काँपिरहेका थिए।

‎शङ्करको निद्रा खुल्यो।

‎“कुसुम, यो के गर्दैछ्यौ?”

‎तर ढिलो भइसकेको थियो। बुढी ओडारको छेउमै लुकेर बसेकी थिई। उसले कुसुमलाई उक्साइ—

‎“छिटो गर! अब पछि नहट।”

‎कुसुमले आँखा बन्द गरेर बञ्चरो चलाइन्।

‎दुवै मिलेर शङ्करको शरीरलाई  झरनाबाट तल झारे । बुढीले कुसुमलाई लिएर दरबारतर्फ लागी।

‎नदी बग्दै बग्दै एक रहस्यमय वनमा पुग्यो। त्यहाँ स्वर्गीय शक्ति ले भरिएकी एक अप्सरा अवन्तिका स्नान गरिरहेकी थिइन्। उनले शङ्करको शरीर देखिन्। अनुहारमा निर्दोषता र साहस झल्किरहेको, उनी मोहित भइन ।

‎अवन्तिका ले आँखा बन्द गरीन दिव्य मन्त्र जपिन्। पानी चम्कियो, हावा रोकियो। केही क्षणपछि शङ्करले सास फेरे—उनी पुनर्जीवित भए।

‎शङ्करले सबै घटना सुनाए। अवन्तिका को मन द्रवित भयो।

‎“धोखाको बदला न्यायले दिनुपर्छ,” उनले भनिन्।

‎“म तिमीसँग छु।”

‎उता दरबारमा राजा बलदेव कुसुमलाई रानी बनाउने तयारीमा थिए। तर कुसुमको मन शान्त थिएन। पछुतोले उनलाई पोलिरहेको थियो।

‎त्यही बेला दरबारको आँगनमा अचानक आँधी चल्यो। अप्सरा र शङ्कर प्रकट भए।

‎राजा डरले काँपे। कपटी बुढी भाग्न खोजी। तर अप्सराको शक्तिले सबै थामिए।

‎शङ्करले दृढ स्वरमा भने,

‎“जसले लोभ र जालले अरूको जीवन नष्ट गर्छ, उसले आफ्नै कर्मको फल भोग्नुपर्छ।”

‎अप्सराले आफ्नो शक्तिले राजाको सत्ता समाप्त गरिन  ।कपटी बुढी को कुटिलता सबैका सामु खुल्यो। उनीहरूलाई दण्ड दिइयो।

‎कुसुम रोइरहेकी थिइन्।

“मलाई क्षमा गर,” उनले भनिन्।

‎शङ्करको मनमा पीडा थियो। अप्सराले भने,

‎“विश्वास एकचोटि टुटेपछि फेरि जोड्न गाह्रो हुन्छ।”

‎अन्ततः शङ्करले न्यायलाई रोजे, कमजोरीलाई होइन। कुसुमले आफ्नै कर्मको फल भोगिन्।

‎शङ्कर र अप्सरा भीरगाउँ फर्किए। अवन्तिका ले पानीको मूलमा बसेको राक्षसलाई पनि समाप्त गरिन्। त्यस दिनदेखि गाउँमा बली प्रथा सदाका लागि अन्त्य भयो।

‎समय बित्दै गयो। शङ्कर र अवन्तिका ले विवाह गरे। भीरगाउँ फेरि शान्त र सुखी बन्यो।

धन्यवाद ।

No comments:

Post a Comment