Samajik Katha Nepal

Samajik Katha Nepal is a blog dedicated to sharing real social stories, issues, and experiences from Nepal. We highlight the voices of society, bringing awareness and inspiring change through meaningful storytelling.

Monday, March 30, 2026

सिमानाले खोसेका सपनाहरु

 

    जिन्दगी ले कतिसम्म को पीडासँग अवगत गराउँछ कल्पना गर्न गार्हो रहेछ। एउटा आर्थिक रुपमा विपन्न र ऋण को भार ले च्यापिरहेको युवक आफ्नो परिवार लाई अभावमुक्त भविष्य दिलाउन प्रदेशको एउटा सहर मा आफ्नो पसिना बगाई रहेको हुन्छ। उसले छिट्टै आफ्नो सुन्दर संसारको परिकल्पना गर्दै आफ्नो सुखलाई नि भुलेको हुन्छ प्रदेशको भुमिमा नचाहेर नि हाँसेको हुन्छ।
               
हर्के पनि माथि उल्लेखित अनुच्छेदको प्रतिनिधित्व गर्ने पात्र हो। आफ्नो परिवार को खुशीको निमित्त उसले पनि आफ्नो रहरको घांटी रेटी उज्वल भविष्य को कल्पना गरेको छ। बच्पनमै आफ्नो बुवा हराएका हर्केलाई उसको आमाले धेरै संघर्ष मा पालेकी थिएन। जसोतसो खेतबारी गरेर आफु र छोरालाई पालेकी हर्केकी आमाले साहु संग ऋण झिकेर भय पनि कक्षा १० सम्म पढाईन । छोरालाई पढाउने ठुलो सपना बोकेका हर्केका बुबा लाहुर मै हराएका थिए । आफ्नो आमालाई सहारा खाँचो छ भनेरै उसले विवाह गर्नु पर्यो। साहुको ऋण र त्यसमाथि आर्थिक अभाव, अब उ पनि घरको जिम्मेवारी लिनसक्ने भएको ले विदेशीन बाध्य छ। घरमा उमेर ढल्केकी आमा र प्यारी श्रीमती लाई छोडेर प्रदेश जान त्यति सजिलो थिएन तर सुन्दर भविष्य को निम्ति त्यो बिछोड अतिआवश्यक लाग्यो उसलाई। अहिले सम्म जिल्ला बाहिर सम्म नगएको हर्के गाउँका साथीहरु संग ३,४ दिनको यात्रा तय गरि छिमेकी मुलुक भारत जान्छ। साथी कै सिफारिश मा उ एउटा अफिसमा 'पिउन' बनेर काम गर्छ।    
समय बित्दै जान्छ र समय ले एक वर्ष को यात्रा पार गरिसक्छ।  यो समयमा हर्के ले प्रदेशको अनेकौं भोगाई संगै घरमा सन्तान को सुख पनि पाइसकेको छ। पहिलो सन्तान छोरी उसको घरमा लक्ष्मी को अवतार बनेर आएकी छिन, र उसलाई कहिले देखुला भन्ने कौतुहलता ले हर्केलाई निन्द्रा पनि आउन छोडेको छ आजभोली।  वर्ष भरि कमाएको पैसाले घरको दु:ख टार्ने भन्दापनी छोरी लाई चिटिक्क देखिने लुगा किन्ने ठुलो इच्छा छ उसको। चार पाँच घण्टा को बाटो तय गरि सदमुकाम पुगेकी हर्केकी श्रीमती ले एक हफ्ता अघि नै हर्के लाई फोन गरि सबै कुरा बताउंदै घर आउन भनेकी थिएन घरमा छोरा आउने दिन कुर्दै आमा संगै श्रीमती बाटो हेरिरहेकी छिन। छटपटी मै कुर्दा कुर्दै घर फर्कने दिन पनि आयो।
हर्केले एकदिन अगाडिनै छोरी, श्रीमती र आमालाई लुगा किनिसकेको ले उ आज शान्त थियो मात्र नासो पठाउने आफन्त को नासो समेट्दै घडीका तीँ सुस्त सुइहरु मा उसको बेला-बेला नजर गैरनथियो।
साँझ को बेला उसलाई बस स्टेशन सम्म साथीहरुले पुर्याए र उ हजारौं सपना समेट्दै घर फर्कन्छ। उसको ऋण केहि हदसम्म तिरी सकेको र बाँकी रकम ले नि अब उसलाई नसताउने मा उ ढुक्क छ। जति जति बस ले दुरी मेट्दै जान्छ उ भित्रदेखि अझ बढी उत्साहित हुन्छ र मनका कुरा खेल्दा खेल्दै कति बेला उसको आँखा लाग्छ उसले थाहै पाउँदैन।
घरको आँगनमा एउटी चिटिक्क परेकी नाबालक छोरी ले बाबा-बाबा भन्दै आफ्नो अंगालो फैलाउँदै उतिर बढ्दै छिन र चारैतिर गाउँले हरु को जमात ले केहि बताउन खोजिरहेका छन् मानौं कुनै उत्सव छ। यतिकै मा पछाडी बाट कुनै साथीले चिच्याएर बोलाउँछ, उ पछाडी फर्किन्छ र निद्राबाट झस्किएर उठ्छ। हर्के आफुलाई रोकिएको बस र बाहिर कोलाहलले भरिएको भारत र नेपाल को बोर्डर मा पाउँछ। त्यो सपना, सपना जस्तो नभई सांचिकै जस्तो लाग्यो उसलाई।  खलासी ले "बनबासा वाले सब उतरो" ठुलो स्वरले भने पछि उ खुशी हुँदै बस बाट झर्छ। एउटा टाँगावाला ले एक्कासी पछाडीबाट झोला तान्दै "महेन्द्रनगर जाएगा ?" भन्दा उ टाउको हल्लाउँदै अस्विकार गर्छ र नजिकै को होटेलमा गई चिया माग्छ। स्वागत स्वरुप राखेका खाट मा बस्छ, चिया पिउँछ र पैसा तिर्छ।  अघिको टाँगावाला ले फेरि उसलाई पन्छ्याउँदै आफ्नो टाँगा मा बस्न अनुरोध गर्छ। हर्के ले "भैया टाँगा तो खाली है।" भन्दा उसले "अरे अभि भर जाएगा यार" भनेको थियो।  धेरै कर गर्दा उ बस्न नचाहेर नि बस्छ बिहान को ५ बजेको थियो र होटलहरु बाहेक चारैतिर अन्धकार नै थियो। टाँगावालाले टाँगा घुमाउँदै गर्दा उसलाई निद्रा आउन थाल्छ र उ सुत्छ।
कोठा भित्र चारैतिर शान्त माहोल र कोठा बाहिर अनेकथरी का कुरा गर्ने मान्छे हरु को भिड नै लागेको छ। चलिरहेको पंखा र कोठाबाहिरको गुन्गुने आवाज ले हर्केको कान लाई सुमसुम्याई रहेको छ। बिस्तारै शरीर मा हलचल देख्दा नर्सले ढोका खोल्दै डाक्टर भन्दै बाहिर निस्की। बाहिरको कोलाहल ले ढोका खुल्दै भित्र को वातावरण र हर्के को होश खोलि दिन्छ। गाउँ मा पुग्दै साथीभाई ले होहल्ला गरि स्वागत गरे झैँ उसलाई लाग्छ। बेड बाट एक्काशी उठेको हर्के ले नर्स लाई आफूतिर आइरहेकी श्रीमती सम्झन्छ तर डाक्टर ले "तपाईलाई होस् आयो !" भन्दा उसले चारैतिर हेर्यो र एकैछिन निहाली रहयो।आँखा मा डर र कौतुहलता को लहर चलेको र मन मा डरको बास गरेको उसले आफ्नो झोला खोज्दै बेड बाट तल झर्न खोज्दा, इन्स्प्याक्टर ले पिठिउमा थप्थपाउँदै सम्झाउन खोज्यो। उसको स्वरमा सहानुभूति संगै उत्सुकताको स्वाद थियो।
"मेरो झोला कहाँ छ ? कहाँ छ ? मँ यहाँ कसरि आएँ ?" जस्ता प्रश्न गर्दै हर्के भक्कानो छोडेर रुन्छ। मानौं उसले आफु लुटिएको थाहा पाइसकेको छ। यतिकै मा अर्को पट्टि कसैले यिनलाई त्यो पर नेपाल र भारत को सिमाना गड्डाचौकी पुग्नु भन्दा पहिले नहरको छेउमा हिजो बिहान ७ बजे तिर बेहोशी हालतमा आफुले भेटेको भन्दा इन्स्प्याक्टर ले "तपाईहरु अहिले बाहिर गैदिनुहोश न, Please !" भन्दै सबैलाई बाहिर कुर्न आग्रह गर्छ।
आफ्नो परिवार का आवस्यकता पुरा गर्ने उसको रहर त मर्यो तर साथीहरु र आफन्त ले दुखगरि घर पठायको नासो र पैसा नि लुटेर लग्यो भनि सम्झंदा र अब के र कुन मुख लिएर जानु घरमा जानु भनि सोच्दा झन् उसको मनै भरेर आयो र एकछिन फेरि अचेत भएर ढल्यो।

रगत र पसिना बगाउने त्यो तन कसको हो ?
प्रदेशी लाई लूटने त्यो मन कसको हो ?
सिमाना ले दिएका चोट छन् कति कति,
दुख गरि कमाको त्यो धन कसको हो ?


Thanks 

No comments:

Post a Comment