Samajik Katha Nepal

Samajik Katha Nepal is a blog dedicated to sharing real social stories, issues, and experiences from Nepal. We highlight the voices of society, bringing awareness and inspiring change through meaningful storytelling.

Tuesday, March 31, 2026

गन्तव्यविहीन यात्रा

                           




    
    हिंड्दा हिंड्दै कति डाँडा काटिसकें भन्ने नि उसले पत्तो पाएको छैन।  उसको मन मा तर्क वितर्क का लहरहरु मानौं सुनामी भएर मच्चिरहेको छन।  तीं लहरहरुले उसलाई कुनै बेला सुस्केरा हाल्न बाध्य बनाऊथियो भने कुनै बेला पाइला अघि सार्न जोश दिन्थियो।
भौतिक आगो लाई निभाउन सबै लागिपर्छन भने मन मा लागेको आगो को कसैलाई थाहै हुँदैन।  उसको मनमा नि डढेलो सल्कियो छ।  बाटोमा पर्ने उकालो र ओराली बीच को फरक छुट्याउन उसले सकेन।  उ उकालोको फेद मा एकैछिन अड्किएर माथितिर हेर्दा त्यो उकालो मनमा परेको पीडाको उकालो भन्दा अग्लो लागेन उसलाई र उ त्यो उकालो पारगरिसकें भन्ने तब थाहा पाउछ जब डाँडा माथिको शिरशिरे हावाले उसको मनै छुने गरि सपर्ष गर्छ। तर त्यो हावाले नि उसको मन रिझाउन सकेन। उ ओराली मा झर्छ एक्कासी बाटो मा बारहाल्न प्रयोग गरेको झारी बाट झरेकोतिखो एउटा काँडाले उसको गोल्डस्टार जुत्ताको पैतलालाई घोच्दै निउँ खोज्दा उसका पाइलाले आफुलाई रोक्न बाध्य ठान्छ।  उ रोकिन्छ र खुट्टा उचाल्दै त्यो पिडालाई महसुश गर्छ तर त्यो पिडा उसको पिडा भन्दा लाखों गुना सानो पायो। उसले मुस्कुराउंदै त्यो काँडाले नि आफ्नो कर्तव्य निभाएको सम्झियो र झिकेर  फ्याँक्यो।
       उ नजिकै एउटा चेप्टो ढुंगामा बस्छ र सम्झिन्छ तीं एकोहोरो मायामा डुबेका पलहरुलाई, सम्झिन्छ तीं पर्खाईका पलहरुलाई जुन उसले उनलाई हेर्नको निम्ति मात्रै खर्चेका थिए। तीं गीतहरु जसले उसलाई मायाको भुमरीमा पर्न प्रोत्साहित गरिरहन्थे।  आज तीं गीतहरु ले नि मोहनी लगाउन सकेको छैन।
आँखा रसाएर आउछ र पल्लो डाँडा लाई निहाली रहंदा उ सम्झिन्छ तीं पलहरुलाई जसले उसको वर्षौं देखिको एकोहोरो मायालाई दोहोरो बनाएको थियो।  फेरि सम्झिन्छ तीँ पलहरु जहाँ कर्तव्य र माया एकअर्का संग टक्राएका थिए र उनले कर्तव्यलाई साथ दिने प्रण र आफुलाई भुल्न अनुरोध गरेको थियो। साथै त्यो उनको बिदाइको पल र आफ्नो विवशता र लाचारिता।
 उसको आँखा बाट आँशु खसिरहंदा पुछ्न उसले आफ्नो खल्तीको रुमाल झिक्न हाथ लम्काउँछ र त्यो रुमाल बिछोडको पल अन्तिम चिनो स्वरूप उनको हाथमा राखेर उनको आँखा बाट खसेको आँशुलाई नपुछ्दै आएको सम्झिन्छ।  आँशु को बहाव मानौ भेलसरी बगिरहयो र भक्कानो छोडी रोयो। थोरै पर कोहि आएको देख्दा आफुलाई बलियो पार्दै उ आफ्नो गन्तव्यविहीन यात्रा तर्फ अघि बढ्छ।
                         उसको एकोहोरो हिडिरहेका पाइलाले आफुलाई प्रवास तर्फ हिंड्ने बस भेट्छ। उ बसमा चढ्छ र खलासी लाई टिकट को पैसा दिई रहंदा उसले त्यो पैसा मा बुवाको पसिनाको मूल्य सम्झिन्छ। उ आफुलाई सम्भाल्दै सिटमा बस्छ र थाम्न नसक्दै आँशु फेरि झर्छन।

No comments:

Post a Comment