Samajik Katha Nepal

Samajik Katha Nepal is a blog dedicated to sharing real social stories, issues, and experiences from Nepal. We highlight the voices of society, bringing awareness and inspiring change through meaningful storytelling.

Sunday, May 24, 2026

दोधारा चाँदनीको महाकाली फोर लेन पुल

सुदूरपश्चिमको विकासको नयाँ आधार

कञ्चनपुर जिल्लाको दोधारा चाँदनी क्षेत्रमा निर्माण गरिएको महाकाली चार लेन पुल सुदूरपश्चिम नेपालको एक ऐतिहासिक तथा बहुप्रतीक्षित पूर्वाधार परियोजना हो। महाकाली नदीमाथि निर्माण गरिएको यो आधुनिक पुलले दोधारा चाँदनी नगरपालिकालाई भीमदत्त नगरपालिकासँग प्रत्यक्ष रूपमा जोडेको छ। यस पुलको निर्माणसँगै सुदूरपश्चिम प्रदेशमा यातायात, व्यापार, पर्यटन तथा आर्थिक विकासका नयाँ सम्भावनाहरू खुल्ने अपेक्षा गरिएको छ।

तीनै तिर भारतको सिमानाले घेरिएको र पश्चिममा महाकाली नदी भएको पहिले दोधारा चाँदनी क्षेत्रका स्थानीय बासिन्दाहरूलाई आवतजावत गर्न निकै कठिनाइ हुने गर्दथ्यो। दैनिक कामकाजका लागि सदरमुकाम जान निकै कठिन हुने गर्दथियो । विशेषगरी वर्षायाममा नदी पार गर्न जोखिमपूर्ण अवस्था सिर्जना हुन्थ्यो। स्थानीयहरू लामो समयसम्म प्रसिद्ध झोलुङ्गे पुलको भरमा यात्रा गर्न बाध्य थिए। तर अहिले चार लेनको पक्की पुल निर्माण भएपछि यातायात सहज, सुरक्षित र छिटो भएको छ। यसले स्थानीय जनजीवनमा ठूलो सकारात्मक परिवर्तन ल्याएको छ।

यो पुल केवल यातायातको साधन मात्र होइन, सुदूरपश्चिमको आर्थिक समृद्धिको आधार पनि मानिन्छ। नेपाल–भारत व्यापार विस्तारका लागि प्रस्तावित दोधारा चाँदनी सुक्खा बन्दरगाह (Dry Port) सँग यसको प्रत्यक्ष सम्बन्ध  र नजिकै रहेको छ। यदि सुक्खा बन्दरगाह सञ्चालनमा आयो भने यस क्षेत्र व्यापारिक केन्द्रको रूपमा विकसित हुन सक्छ। यसबाट स्थानीय युवाहरूका लागि रोजगारीका अवसर सिर्जना हुने, व्यवसाय विस्तार हुने तथा कृषि उत्पादनले राम्रो बजार पाउने सम्भावना बढेको छ।

महाकाली नदी क्षेत्र पर्यटनका दृष्टिले पनि अत्यन्त महत्वपूर्ण मानिन्छ।

यहाँको प्राकृतिक सौन्दर्य, हरियाली वातावरण तथा ऐतिहासिक झोलुङ्गे पुलले पर्यटकहरूलाई आकर्षित गर्दै आएको छ। नयाँ चार लेन पुल निर्माण भएपछि आन्तरिक तथा बाह्य पर्यटकको आगमन अझ बढेकाे छ। आजभोलि यश पुलको अवलोकन गर्न आउने आन्तरिक पर्यटकको संख्या बढीरहेको छ । चाडपर्व तथा विशेष दिनहरु लगाएत विदाका दिनहरुमा पनि अवलोकन गर्ने, फोटाे, भिडियो तथा टिकटाेक बनाउने को बाक्लो भिड देख्न सकिन्छ । यसले होटल, यातायात, र स्थानीय व्यापारमा सकारात्मक प्रभाव पारेको छ ।

दोधारा चाँदनीको महाकाली चार लेन पुल सुदूरपश्चिम नेपालको विकास, समृद्धि र आधुनिकताको प्रतीक बनेको छ। यो पुलले केवल दुई भूभागलाई मात्र जोडेको छैन, यसले स्थानीय जनताको को मात्रै नभइ सुदुरपश्चिम प्रदेश लागाएत देशकै सपना, आशा र उज्ज्वल भविष्यलाई पनि जोडेको छ। आगामी दिनमा यस क्षेत्रलाई व्यापार, पर्यटन र आर्थिक गतिविधिको प्रमुख केन्द्र बनाउने दिशामा यो पुल एउटा महत्वपूर्ण कदम साबित हुने निश्चित छ।


https://www.facebook.com/share/v/18kekszWVY/

No comments:

Post a Comment